अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४७ | Colorodo: 16:02

अनुसन्धानका लागि पल शाहलाई तनहुँबाट गैँडाकोट पुर्‍याइयो

बिआरटीनेपाल २०७८ फागुन २४ गते ६:४२ मा प्रकाशित

एक नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई तनहुँबाट मंगलवार गैँडाकोट पुर्‍याइएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का सूचना अधिकारी डीएसपी दिलिप गिरीले गैँडाकोटमा पनि उजुरी परेपछि अनुसन्धानका लागि तनहुँबाट ल्याइएको जानकारी दिनुभयो । उहाँले बयान लिइने र थप अनुसन्धान गर्ने बताउनुभएको छ ।

नाबालिगका आफन्तले तनहुँ प्रहरी र गैँडाकोट प्रहरीमा पलविरुद्ध जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय नवलपरासी ९पूर्व०ले तनहुँ प्रहरीलाई पत्र पठाउँदै पलविरुद्ध अनुसन्धान गर्नुपर्ने भएकाले पठाइदिन पत्राचार गरेको थियो । पलविरुद्ध थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न तनहुँ जिल्ला अदालतले अनुमति दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू