अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०१ | Colorodo: 12:16

बुधवारदेखि एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक, अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेश गर्ने

बिआरटीनेपाल २०७८ फागुन २४ गते ६:३२ मा प्रकाशित

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । समाजवादीले बुधवार र विहीवार काठमाडौंमा केन्द्रीय समितिको बैठक आह्वान गरेको हो । बैठक बुधवार बिहान ११ बजेदेखि पार्टीको केन्द्रीय कार्यलयमा शुरु हुने प्रवक्ता जगन्नाथ खतिवडाले जाकनारी दिनुभएको छ । बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसीको पक्षमा उभिएपछि उत्पन्न परिस्थिति, गठबन्धनको भविष्य, समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।

यस्तै बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन नीतिगत रूपमा छलफल, देशभर सङ्गठन विस्तार, पार्टी तथा जनवर्गीय सङ्गठनलाई सक्रिय बनाउने लगायत विषयमा छलफल हुने बताइएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको सङ्गठनात्मक अवस्था, एमसिसीसँगै पछिल्लो राष्ट्रिय राजनीतिबारे ब्रिफिङ्ग गर्नु हुनेछ ।

बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदनसमेत पेश हुने प्रवक्ता खतिवडाले बताउनुभयो । केन्द्रीय कमिटी बैठकका एजेण्डा निर्धारण गर्न सोमवार पोलिटब्युरो बैठक बसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू