अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२८ | Colorodo: 12:43

डढेलो निभाउन जाँदा म्याग्दीमा दाजुको मृत्यु, भाइ गम्भीर घाइते

बिआरटीनेपाल २०७८ फागुन २४ गते ६:१० मा प्रकाशित

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ स्थित भिरखर्क सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक युवकको मृत्यु भएको छ । डढेलो निभाउने क्रममा मंगलबार दिउँसो तीन बजे २६ वर्षीय मबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

आगलागीमा परेर मृतक बोहराका २१ वर्षीय भाइ मनबहादुर गम्भीर घाइते भएका छन् ।घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र, दरबाङमा उपचारपछि थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको लायन्स क्लब अफ म्याग्दी दरबाङका अध्यक्ष अमृत सापकोटाले जानकारी दिनुभयो ।

सोमबार रातिदेखि जंगलमा लागेको डढेलो बस्तीमा आउन लागेपछि निभाउन जाँदा जलेर बोहराको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी वीरेन्द्रराज गुरुङले जानकारी दिनुभयो । मृतकको शव पोष्टमार्टमको लागि बेनी अस्पताल लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू