अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०७ | Colorodo: 16:22

एमालेनिकट खेलकुद महासंघको ‘मेची–महाकाली खेल जागरण अभियान’ शुरु

बिआरटीनेपाल २०७८ माघ २४ गते ६:५९ मा प्रकाशित

नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघले कोभिडका कारण रोकिएको ‘मेची–महाकाली खेल जागरण अभियान’ शुरु गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले कोभिडका कारण रोकिएको मेची–महाकाली खेल जागरण अभियान शुरु गर्ने जनाएको हो ।त्रकार सम्मेलनमा महासंघका संयोजक कृष्ण बस्नेतले गत माघ २३ गते बसेको महासंघको सातौँ केन्द्रीय पदाधिकारी बैठकले आफू मातहतका सबै तहका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको बताउनुभयो ।

बस्नेतले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई मेडल प्राप्त गर्ने खेलाडी तथा टिमलाई प्रोत्साहन, बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा प्रथम नेपाली महिला टिमलाई आगामी फागुन ७ गते नगदसहित सम्मान गर्ने पनि निर्णय गरेको बताउनु भयो । महासंघले राष्ट्रिय खेलकुद परिषद्मा देखिएको अन्यौलका कारण खेलकुद जगत नै सुस्ताएको भन्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै महासंघले नवौं राष्ट्रिय खेलकुदको मिति अविलम्व घोषणा गर्न सरकारसंग आग्रह गरेको छ ।

प्रतिक्रिया