अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३६ | Colorodo: 04:51

बोल्डर आगलागीबाट प्रभावितलाई सरकारी सहयोग जारी

बिआरटीनेपाल २०७८ माघ २३ गते ९:४९ मा प्रकाशित

डेनभर । बोल्डर आगलागीबाट प्रभावितलाई सरकारी सहयोग जारी छ । यसरी सहयोग पाउनेमा घरधनी मात्र छैनन् । भाडामा बस्नेहरू, विद्यार्थी, व्यवसायी आदि पनि छन् ।

भाडामा बस्नेहरू, जसको आवास र सम्पत्ति मार्शल आगलागी र चट्याङ्गका साथको हुन्डरीबाट क्षतिग्रस्त भएको थियो, उहाँहरूले संघीय विपत्ति सहायताका लागि निवेदन दिन सक्नुहुने संघीय आपतकालीन व्यवस्थापन निकाय (फीमा) ले जनाएको छ । निवेदन दिने म्याद मंगलबार, मार्च २, २०२२ सम्म हो ।

यसका लागि सबभन्दा सजिलो उपाय १७५५ एस. पब्लिक रोड, लाफियट, कोलोराडोस्थित विपत्ति पुनःनिर्माण केन्द्र जानु हो । यसबाहेक ८००.६२१.३३६२ मा फोन गर्न सकिन्छ । फीमाको याप डाउनलोड गरेर पनि गर्न सकिन्छ । डिज्यास्टरएसिस्टेन्स डट जिओभी नामक वेबसाइट पनि प्रयोग गर्दा हुने फीमाले जनाएको छ ।

अमेरिकी साना व्यवसाय प्रशासनबाट भाडावालाहरू, घरधनीहरू, व्यवसायहरू र गैर-नाफामूलक संस्थाहरूका लागि दीर्घकालीन, कम ब्याजका विपत्ति ऋणहरू जसलाई बिमा र अन्य स्रोतहरूद्वारा पूर्ण रूपमा क्षतिपूर्ति नपाउने क्षतिहरूको खर्च बेहोर्ने सुविधा उपलब्ध छन् । भाडावालाहरूले आफ्नो सवारी साधनहरूसहित निजी सम्पत्ति प्रतिस्थापन गर्न ४० हजार डलर ऋण लिन सक्छन् ।

प्रतिक्रिया