अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०९ | Colorodo: 11:24

बेइजिङ ओलम्पिकको पहिलो स्वर्ण नर्वेलाई

बिआरटीनेपाल २०७८ माघ २२ गते ५:३६ मा प्रकाशित

बेइजिङ ओलम्पिकको पहिलो स्वर्ण नर्वेले जितेको छ । महिलातर्फ ७.५ किमी क्रसकन्ट्री स्किइङमा थेरिज जोहगले नर्वेलाई स्वर्ण दिलाएकी हुन् । उनले ४४ मिनेट १३ सेकेन्डमा उक्त दौड पूरा गरेकी हुन् ।

रुसकी नातालिया नेप्रेभाले प्रतिस्पर्धामा रजत पदक जितिन् भने अष्ट्रियाकी तेरेसा स्टाडलोभरले काँस्य पदक जितिन् । ३ हजार मिटरको स्पिड स्केटिङ प्रतिस्पर्धातर्फ स्कोटिन एरिनले नेदरल्यान्डलाई पनि स्वर्ण जिताइन् ।

नेदरल्यान्ड दुई स्वर्णसहित तालिकाको शीर्ष स्थानमा रहँदा नर्वे एक स्वर्णसहित पदक तालिकाको दोस्रो स्थनामा छ । पदक तालिकाको तेस्रो स्थानमा रुस, चौथोमा फ्रान्स रहेको र पाँचौमा इटाली छ ।

प्रतिक्रिया