अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१२ | Colorodo: 06:27

नेपाली महिला भलिबल टीमलाई सरकारको सम्मान, फुतवल प्रशिक्षक अल्मुताइरी पनि बालुवाटारमा

बिआरटीनेपाल २०७८ माघ २१ गते ७:१५ मा प्रकाशित

बंगलादेशमा आयोजना भएको एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला भलिबल टोलीलाई सरकारले नगदसहित सम्मान गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बालुवाटारमा सेन्ट्रल जोन विजेता महिला भलिबल टोलीलाई नगदसहित सम्मान गरेको हो । प्रधानमन्त्री देउवाले उपाधि विजेता टोलीका १२ जना खेलाडीलाई जनही ५र५ लाख प्रदान गर्नुभयो ।

यस्तै २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख रुपैयाँ दिइएको छ । गत पुसमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो । प्रतियोगितामा नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । पुरुषतर्फ भने नेपाल चौथो स्थानमा रहेको थियो ।यसैबीच, सोही अवसरमा प्रधानमन्त्री देउवाले नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र ब्याडमिन्टनका यूवा स्टार प्रिन्स दाहाललाई पनि सम्मान गर्नुभएको छ । विश्व ब्याडमिन्टन महासंघ ९बीडब्लुएफ० को विश्व वरीयताको जुनियरतर्फ शीर्ष स्थान उक्लँदै इतिहास रचेको कारण प्रिन्सलाई सम्मान गरिएको हो ।

गत कात्तिक १ गते बसेको मन्त्रिपरिषद् बैठकले माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता भएको नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो । असोज १५ देखि ३० गतेसम्म भएको १३ औं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल पहिलोपटक उपविजेता बनेको राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख रूपैयाँ नगद पुरस्काले पुरस्कृत गर्ने निर्णयअनुसार अल्मुताइरीलाई आज सम्मान गरिएको हो ।

अन्य खेलाडीलाई यसअघि नै सम्मान गरिसकिएको छ । अन्य खेलाडीलाई सम्मान गर्ने समयमा अल्मुताइरी भने नेपालमा थिएनन् । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको पनि सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू