अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१७ | Colorodo: 08:32

दक्षिण कोरिया फिफा विश्वकपमा छनौट

बिआरटीनेपाल २०७८ माघ १९ गते ६:४५ मा प्रकाशित

सिरियालाई २–० ले हराउँदै दक्षिण कोरिया कतारमा आयोजना हुने फिफा विश्वकपका लागि छनोट भएको छ । कतार विश्वकपको लागि एसियाली छनौटको तेस्रो चरणको खेलमा दक्षिण कोरियालाई विजयी गराउन किम जिन सु र क्वोन चाङ होनले एक एक गोल गरे ।

खेलको ५३ औं मिनेटमा किमले गोल गर्दै दक्षिण कोरियालाई अग्रता दिलाएका थिए । त्यसपछि ७१ औं मिनेटमा क्वोनले गोल गर्दै दक्षिण कोरियालाई विश्वकपको टिकट दिलाएका हुन् । दक्षिण कोरिया विश्वकपमा छनोट हुने दोस्रो एसियाली राष्ट्र बनेको छ । दक्षिण कोरिया इरानपछि एसियाबाट विश्वकपमा छनोट हुने दोस्रो टिम बनेको छ ।

यस जितसँगै समूह ‘ए’ मा रहेको दक्षिण कोरियाले ८ खेलबाट २० अंक जोडेर शीर्ष स्थानमा पनि उक्लिएको छ । कोरियाको २१ अंक हुँदा इरान १९ अंकका साथ दोस्रो स्थानमा रहेको छ । समूह ‘ए’ बाट यसअघि नै इरान विश्वकपमा छनोट भइसकेको छ ।

प्रतिक्रिया