अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३३ | Colorodo: 08:48

भ्वाइस अफ किड्सकी पेमा देचेन तामाङसँग राजेश पायल राईको ” सै हँमा “

बिआरटीनेपाल २०७८ माघ ११ गते १४:५८ मा प्रकाशित

धरान । भ्वाइस अफ किड्स प्रतियोगिताको सेमिफाइनल सम्म पुगेकी पेमा देचेन तामाङलाई गायक राजेश पायल राईले आफ्नै सङ्गीत र स्वरमा “सै हँमा” बोलको युगल गीत रेकर्ड गराएर स्टुडियो भिडियो सार्वजनिक गरेका छन् ।

“सै हँमा” र “सै हँपा” अर्थात् राई भाषामा रानी र राजा अर्थ लाग्ने शब्द प्रयोग गरिएको गीतको शब्द टिका चाम्लिङको रहेको छ भने सङ्गीत संयोजन राजु कार्कीको रहेको छ । मनोज राईले भिडियो छायाङ्कन तथा सम्पादन गरेका हुन् । सोमबार सार्वजनिक गरिएको गीत नेपाल सहित कतार र कुवेतमा समेत युट्युब ट्रेन्डिङमा परेको छ । राजेश पायल राईले यस अघि पनि मेलिना मैनाली, विशाखा साही, सुदिता राई, सुजिता योञ्जन, ईशान राई, बैशाली लामा लगायतका द भ्वाइसका प्रतियोगीहरूसँग युगल गीतहरू आफ्नै सङ्गीतमा रेकर्ड गराएर सार्वजनिक गरेका छन् । यसरी नै नयाँ प्रतिभाहरूलाई राजेश पायल राई म्युजिक एकेडेमीमार्फत मौका दिइरहने गायक राजेश पायल राईले बताए ।

म्युजिक भिडियो लिङ्क::

प्रतिक्रिया