अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५८ | Colorodo: 08:13

कोरोना बिमा गराएकालाई तीन महिनाभित्र भुक्तानी दिने तयारी

बिआरटीनेपाल २०७८ पुष ३० गते ८:१३ मा प्रकाशित

अर्थ मन्त्रालयले कोरोना बिमा गराएकालाई तीन महिनाभित्र भुक्तानी दिने तयारी गरेको छ । कोरोना बिमा गराएका करिब ८० हजार नागरिकले हालसम्म पनि बिमाबापतको रकम नपाएको भन्दै मन्त्रालयले छिटो भुक्तानी दिने गरी तयारी गरेको हो।

बिमाबापतको रकम भुक्तानीको लागि बिमा समिति र बिमा कम्पनीहरूले अर्थ मन्त्रालयलाई तोकेता गरिरहेको अर्थ मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताउनुभयो । रकमको स्रोत नभएकोले छिटो भुक्तानी गर्न नसकेको प्रवक्ता शाक्यको भनाइ छ।

शाक्यले भुक्तानीको स्रोत खोज्ने तयारी भएको र तीन महिनाभित्र बिमाबापतको भुक्तानी भइसक्ने जानकारी दिनुभयो । कोरोना बिमाको भुक्तानीको लागि झण्डै ११ अर्ब रुपैयाँ आवश्यक पर्ने बताउदै उहाँले उक्त रकम छुट्याउने तयारी गरिएको जानकारी दिनुभयो । त्यसको लागि मन्त्रालयले बिमा कम्पनी र बिमा संस्थानका कर्मचारीसँग छलफल गर्ने अर्थको तयारी छ।

कोरोना संक्रमणपछि बिमा बापतको रकमका लागि निवेदन झन्डै एक वर्ष पुगे पनि भुक्तानी हुन सकेको छैन। अर्थ मन्त्रालयले सम्झौताअनुसार बिमा रकमको भुक्तानी नदिएकोले बिमितलाई रकम दिन ढिलो भएको बिमा कम्पनीहरूले जनाएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू