अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५४ | Colorodo: 22:09

शेयर बजारमा ५४ अंकले वृद्धि, साढे ६ अर्ब माथिको कारोबार

बिआरटीनेपाल २०७८ पुष २९ गते ७:१० मा प्रकाशित

बिहीबार शेयर बजारमा पुनः उच्च अंकको सुधार आयो ।पछिल्ला दिन उच्च अंकले सुधारिंदै गएको बजारमा बुधबार दोहोरो अंकको करेक्सन आएको थियो ।उतार चढावबीच बजार परिसूचक नेप्से ५४ अंकले उकालो लागेर २८ सय ५७ पुग्यो । कारोबार भने साढे ६ अर्ब हाराहारीमा सीमित भयो ।

अन्य समूह नगन्य अंकले रातो रहेबाहेक अरु सबै समूह उकालो लागे । बीमा समूहमा ३ सय अंक हाराहारीको वृद्धि आयो । लघुवित्त, विकास बैंक, जलविद्युत, उत्पादनमूलक समूह डेढ सय अंक हाराहारीले बढे । वित्त, व्यापार र होटल तथा पर्यटन समूह पनि दोहोरो अंकले सुधारिए ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २४ कम्पनीको १ करोड १८ लाख कित्ता शेयर ६ अर्ब ६७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ७९ कम्पनीको शेयर मूल्य बढ्दा ८ को घट्यो भने २ को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू