अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४७ | Colorodo: 13:02

कानुन व्यवसायीको विरोध प्रदर्शन जारी, प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म जारी रहने

बिआरटीनेपाल २०७८ पुष २८ गते ६:४४ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनका पदाधिकारीसहित कानून व्यवसायीहरूले आज पनि विरोध प्रदर्शन गरेका छन् ।बुधबार प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीहरूसहित कानून व्यवसायीले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनीमा बोल्दै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले कानून व्यवसायीको आन्दोलन न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुनका लागि भइरहेको बताउनुभयो । उहाँले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिनुभयो ।

त्यस्तै अधिवक्ता रामचन्द्र सिम्खडाले आन्दोलनले देशभरका अदालतमा गोलाप्रथाको सुरुवात गर्न सहयोग गरेको बताउनुभयो । उहाँले न्यायपालिका भित्रको विकृति, विसंगति र त्योभित्र रहेका भ्रष्टतन्त्रलाई उन्मुलन गर्नको लागि, निरुत्साहित पार्नको लागि आन्दोलन भइरहेको पनि स्पष्ट पार्नुभयो । अधिवक्ता सिम्खडाले न्यायालयभित्र रहेका न्यायाधीशहरूको सम्पत्तिको छानविन गर्नुपर्ने माग उठिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू