अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०६
| Colorodo: 09:21
गृहमन्त्री बालकृष्ण खाडले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा मेडिकल कलेजहरूले लिएको शुल्कका विषय आफूले गम्भीरतापूर्वक लिएको बताउनुभएको छ । सात विद्यार्थी संगठनहरुले मेडिकल कलेजहरुले लिएको अतिरिक्त शुल्कका विषयमा बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री खाडले यस्तो बताउनुभएको हो । खाँडले यो विषयमा परामर्श गरेर अगाडी बढ्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौलगायतका विद्यार्थी संगठनले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले शिक्षा मन्त्रालयमार्फत यो विषय आएमा आफूहरूलाई सहज हुने बताउनुभयो । शिक्षामन्त्रीलाई पनि ध्यानाकर्षण गराउन समेत विद्यार्थी नेताहरूलाई उहाँले आग्रह गर्नुभयो ।