अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४८ | Colorodo: 06:03

नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुर्याउने गतिविधि रोक्न भारतलाई एमालेको आग्रह

बिआरटीनेपाल २०७८ पुष २७ गते ६:०५ मा प्रकाशित

नेकपा (एमाले)ले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुर्याउनेगतिविधि तत्काल रोक्न भारतसँग आग्रह गरेको छ । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गर्नुभएको हो् । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्याउने यस्ता गतिविधि तत्काल बन्द गर्न एमालेले आग्रह गरेको हो ।

हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको मानसरोवरसम्म पुग्न नेपाली भूमि कालापानी हुँदै बाटो बनाइरहेको बताउनुभएको थियो । यसप्रति सरकारको मौनताले अनेकौं प्रश्न उब्जाएको एमालेले बताएको छ । राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू