अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१३ | Colorodo: 18:28

साहित्यिक एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७८ पुष २३ गते २०:२७ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजना, गोरखा नगरपालिकाको प्रायोजन र अनेसास सदस्य शान्ता बस्नेतज्यूको संयोजनमा एक भव्य साहित्यिक एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल च्याप्टरका अध्यक्ष सन्ध्या पहारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गोरखा नगरपालिका प्रमुख राजनराज पन्त प्रमुख अतिथि,विशिष्ट अतिथिमा बिओटिका अध्यक्ष गीता खत्री नगरपालिकाका उपप्रमुख बिणा श्रेष्ठ, अतिथिमा अनेसास केन्द्रका सचिव विमला निरौला, केन्द्रीय सदस्य डा. रेणुका सोलु, समालोचक लीला लुइँटेल हुनुहुन्थ्यो भने नेपाल च्याप्टरका उपाध्यक्ष राजेन्द्र केसी, गीता कार्की, गीता मैनाली, वरिष्ठ पत्रकार जयदेव भट्टराई, कवि एवम् सञ्चारकर्मी मणि लोहनी, अनेसास सदस्य हरिबोल ढकाल, सदस्य सुषमा अंशु, राष्ट्रिय कलाकार द्वय देवु वरा एवम् लक्ष्मी तिवारी, सञ्चारकर्मी एलिसा ढुङ्गाना लगायत गोरखाका स्थापित साहित्यकर्मीहरू नारायण प्रसाद पोख्रेल, सुरेन्द्र देवकोटा, विजयभक्त उपाध्याय, प्रदीप रोदन, यदु अधिकारी, उदय भट्टको बेजोड उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम सञ्चालनको भूमिकामा अनेसास नेपाल च्याप्टरका सदस्य मधु पाठक हुनुहुन्थ्यो । कार्यक्रममा कविचा वाचन, शुभकामना मन्तव्य, संस्थाका गतिविधिका बारेमा जानकारी, साहियले पर्यटनलाई पार्ने सकारात्मक प्रभाव, पर्यटनले आर्थिक संवृद्धिमा पुर्‍याउने बलियो टेवाका बारेमा चर्चा परिचर्चा भएको थियो । साहित्यको गरिमलाई मनन गर्दै अबको पालिकाको कार्यक्रमभित्र साहित्यलाई सङ्गै जोडेर लाने समेत नगरपालिका प्रमुख एवम् उपप्रमुख दुवैले प्रतिबद्धता जनाउनुभयो । राष्ट्रिय कलाकार देवु वरा र लक्ष्मी तिवारीले बेजोड सांस्कृतिक प्रस्तुति देखाउनुभएर कार्यक्रमलाई झनै भव्य बनाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू