अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४० | Colorodo: 11:55

फिप्नामा राजकुमार विष्ट

बिआरटीनेपाल २०७८ पुष ६ गते १५:०२ मा प्रकाशित

नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) अध्यक्षमा राजकुमार विष्ट विजयी भएका छन् । आइतबार न्यूयोर्कको जयाक्सन हाइटमा भएको आठौँ राष्ट्रिय महाधिवेशनले विष्टलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

निर्वाचनमा विष्टले प्रत्याशी लोक चेम्जोङलाई ५ मतले पराजित गरेका हुन् । विष्टले ७६ मत मध्ये ४० मत प्राप्त गरेका थिए भने निवर्तमान अध्यक्ष समेत रहेका चेम्जोङले ३५ मत पाएका थिए। एक मत बदर भएको थियो ।

वरिष्ठ उपाध्यक्षमा मिङमार शेर्पा, महिला उपाध्यक्षमा छोन्जोम लामा, क्षेत्रीय उपाध्यक्षमा माया लामा, महासचिवमा टोमा लामा, सचिवमा सुभाष राई, र चम्पाकुमारी तामाङ निर्विरोध निर्वाचित भएका छन् । सभामुखमा सुवर्ण शाक्य र उप-सभामुखमा गोमा योञ्जन निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा मुक्ति नारायण राई, तुलबहादुर तामाङ, रुकु राना र प्रकाशकुमार सुनुवार निर्विरोध निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष विष्ट मुस्ताङ किदुग, अमेरिकाको पूर्व अध्यक्षसमेत हुन् । उनले फिप्नाको कोषाध्यक्ष, वरिष्ठ उपाध्यक्ष र सङ्घीय परिषद्को सभामुखको रूपमा ३ कार्यकाल काम गरिसकेका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि विष्टले आदिवासी जनजातिको हकहित र अधिकारको अभियानमा बुलन्द आवाज उठाउने, (फिप्ना) लाई सबै जात–जाति, धर्म र समुदाय माझ पुर्‍याउने र सदस्य संस्थाहरूलाई एकीकृत गर्दै सांगठनिक विस्तारमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै नवनिर्वाचितमहासचिव टोमा लामा नेपाल आदिवासी आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) को इतिहासमा पहिलो पटक महिला निर्विरोध निर्वाचित भएकी छन् । युनाइटेट मुगुम अर्गानाइजेशन अमेरिकाबाट प्रतिनिधित्व गरेकी लामाले फिप्नाको सचिव पदमा रहेर काम गरी सकेकी छन् ।

महाधिवेशनले महासचिवको प्रतिवेदन, अध्यक्षको साङ्गठनिक प्रतिवेनद तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो । फिप्नामा १८ वटा जातीय संस्थाहरू आबद्ध छन् ।

प्रतिक्रिया