अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०४ | Colorodo: 11:19

अब देउवा सबैका सभापति- गगन थापा

बिआरटीनेपाल २०७८ मंसिर २९ गते ६:३७ मा प्रकाशित

नेपाली काँग्रेसका नेता गगन थापाले शेरबहादुर देउवा आफूहरु सबैको सभापति भएको बताउनु भएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा नेता थापाले पार्टीलाई बलियो बनाउने कुरामा प्रधानमन्त्री एवं पार्टी सभापति देउवासँग सहकार्य हुने तर देउवाले पार्टी हित विपरित काम गरेमा आफूहरुलेले संघर्ष गर्ने बताउनुभयो ।

उहाँले १४ औं महाधिवेशन अघि अलग विचार समूहबाट प्रतिस्पर्धा गरेको भए पनि चुनावपछि भने अब देउवा सिंगो पार्टीको सभापति भइसकेको उल्लेख गर्नुभयो । थापाले देउवा आफूहरु सबैको सभापति भएको बताउनुभयो ।

उहाँले नेकपा एमालेको चितवनमा भएको महाधिवेशन ओलीवेशन मात्रै भएको दाबी गर्दै कांग्रेसमा देशको बहालवाला प्रधानमन्त्री देउवा समेत मत माग्न सडकमा आएको भन्दै त्यसैले पनि कांग्रेस पार्टीको यो अधिवेशन भएको बताउनुभयो ।

आफूले देउवालाई सभापतिमा भोट नदिएको पनि थापाको भनाई थियो । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलबार भएको दोस्रो चरणको मतदानमा कांग्रेस सभापतिमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा विजयी हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू