अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२२ | Colorodo: 04:37

बानाको दशै-तिहार कार्यक्रममा किरण गजमेरले दर्शकलाई तताए र नचाए, श्रृंखला खतिवडा हर्षित

बिआरटीनेपाल २०७८ कार्तिक १५ गते १६:५८ मा प्रकाशित

विजय थापा । बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका- (बाना)ले आयोजना गरेको दशै-तिहार कार्यक्रम गत शनिवार अक्टोबर ३० का दिन अत्यन्तै रमाइलोको साथै मनोरञ्जनात्मक रूपमा सम्पन्न भएको छ । हरेक वर्ष आयोजना गर्दै आएको दसैँ तिहार कार्यक्रम यस पटक भ्वाइस अफ नेपाल ३ का विजेता किरण गजमेर र पूर्व नेपाल सुन्दरी शृंखला खतिवडाको उपस्थितिले सुनमा सुगन्ध थपिएको थियो । विगत वर्षहरूमा निःशुल्क गरिँदै आएको दसैँ तिहार शुभकामना आदान प्रदान कार्यक्रम यस पटक गजमेर र खतिवडाको संलग्नताको कारण कार्यक्रमको लागि शुल्क राखिएको थियो ।

समयभन्दा केही समय विलम्ब सुरु भएता पनि कार्यक्रममा दर्शकले भरपुर मनोरञ्जन गरेका थिए । त्यहाँ विशेष गरी लोक गीत र किरण गजमेरको प्रस्तुतिमा दर्शक मञ्च नजिक गई गीत सँगै झुमेका थिए । कार्यक्रमका मुख्य आकर्षक कलाकार किरण ढकालले मञ्चमा चढ्ने बित्तिकै दर्शकलाई नचाउन सुरु गरेका थिए ।

उनले सुरुमै आफू भ्वाइस अफ नेपाल ३ को बिजता बन्न दर्शकहरूले दिएको अगाध मायाको कारण आफू विजेता भएकोमा सबै यहाँहरूको सहयोग र समर्थनबाट सम्भव भएको हो ,उनले भने । उनले आफ्ना गीत र अन्य कलाकारहरूको गीत प्रस्तुति गर्दा सबै दर्शकहरू नाचेका थिए ।

यसै गरी पूर्व नेपाल सुन्दरीले बाल्टिमोरको विमानस्थलबाटै श्रृंखला खतिवडाले सबैलाई चूलो निम्तो दिएकी थिइन् । र आफू पनि भैलो खेल्ने बताएकी थिइन् । खतिवडाले सबैलाई मञ्चबाटै दीपावलीको शुभकामना दिँदै सबैसंग भेट हुँदा खुसी लागेको बताइन ।

बाना दशै-तिहार कार्यक्रमका प्रमुख अतिथि महावाणिज्यदूत तथा वरिष्ठ लोक गायक प्रेम राजा महत रहेका थिए । उनले मन्तव्य नराखी जुन देशमा गए पनि भन्ने गीत गाएर कलाकारहरूलाई हौसला प्रदान गरेका थिए । उनले दियो बालेर उद्घाटन भन्दा गीतबाटै सन्देश दिन चाहेको भने पछि दर्शक सबैले कर्तलध्वनिबाट सम्मान गरेका थिए ।

कार्यक्रममा अध्यक्ष सुबोध विलास पन्तले सबैलाई स्वागत गरेका थिए भने सहयोग गर्ने प्रायोजक,सञ्चार माध्यम,कलाकार ,स्वयम् सेवक तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नेलाई धन्यवाद दिएका थिए । नायक दिलीप रायमाझी तथा अन्य कलाकारहरूको प्रस्तुति बेजोड रहेको थियो । लोक गायक नाराराण माझी, लोक दोहोरी गायिका सृजना विरही थापा, राजन ठकुरीले आफ्ना चर्चित लोक गीत प्रस्तुत गरेका थिए भने दर्शकलाई नचाएका थिए । उनीहरूले बेजोड प्रस्तुति गरे पछि दर्शकहरूले डलर पैसा जमरा राखे झैँ टोपी भित्र राखेका थिए।

हास्य कलाकार शिवहरी पौडेलले समसामयिक हास्यव्यग्य नेपाल देखि अमेरिका सम्मको यात्रामा अनुभूति गरेका र भोगेका कुरा दर्शक समक्ष पस्केका थिए ।

त्यसै गरी सपना गुरुङ, सम्झना गुरुङ, अपेक्षा सिंह, रूवी पौडेल, सानी नानी कृपा ढकालको प्रस्तुति बेजोडको रहेको थियो । कार्यक्रममा दीपावलीका गीतहरू पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा राजदूतावासका प्रतिनिधिहरूले समेत दियोमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा एनआरएन अमेरिकाका लागि क्षेत्रीय संयोजक राजन त्रिपाठीले ५ हजार डलर बानालाई दिँदै ट्रस्टी मेम्बर (गुठी सदस्य ) बन्ने घोषणा गरेका थिए । कार्यक्रम बाल्टिमोर सहरको मध्य भाग स्थित प्रेस्टन हल (सभा कक्ष )कार्यक्रम भएको थियो भने महा सचिव किरण ढकालले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया