अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१८ | Colorodo: 07:33

रुपन्देहीको मोतीपुरमा आज राति १२ बजेबाट कर्फ्यू हट्दै

बिआरटीनेपाल २०७८ असोज २६ गते ६:३१ मा प्रकाशित

रुपन्देहीको मोतीपुरमा भएको घटनापछि लगाइएको कर्फ्यू आज (मंगलबार) राति १२ बजेदेखि हट्ने भएको छ ।जिल्ला प्रशासन कार्यालय रूपन्देहीले सूचना जारी गर्दै आइतबारदेखि मोतीपुर औद्योगिक क्षेत्रमा लगाएको कर्फ्यू राति १२ बजेदेखि हटाउने जनाएको हो ।

औद्योगिक क्षेत्रको जग्गा कब्जा विवादमा भएको झडपपछि स्थिति नियन्त्रणमा लिन प्रशासन कार्यालयले सो क्षेत्रमा कर्फ्यू आदेश गरेको थियो । कर्फ्यू हटे पनि भदौ २८ गतेदेखि कायम गरिएको निशेधाज्ञा भने यथावत् रहेने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू