अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५३ | Colorodo: 11:08

१८ औँ गैर्‍ह आवासीय नेपाली दिवस सम्पन्न

बिआरटीनेपाल २०७८ असोज २५ गते ८:३५ मा प्रकाशित

आज मिति ११ अक्टोबर २०२१ का दिन विविध कार्यक्रमहरूको आयोजना गरी १८औँ गैर आवासीय नेपाली दिवस सम्पन्न भएको छ । स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी यो दिवस मनाइएको छ ।  विगतमा झैँ यस अवसरमा आज स्वयम्भू र पशुपतिमा पूजा आज कार्यक्रम गरियो । यस कार्यक्रममा सङ्घका अध्यक्ष लगायत संरक्षकहरू, सल्लाहकारहरू, पदाधिकारीहरू, विभिन्न मुलुकबाट आउनु भएका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । 

यस अवसरमा गैर आवासीय नेपाली सङ्घ खेलकुद प्रतिष्ठानले सचिवालयमा ‌ओलम्पियन खेलाडी तथा प्रशिक्षकहरूको सम्मानमा एक कार्यक्रमको आयोजना गर्‍यो । खेलाडी तथा प्रशिक्षकहरूलाई प्रमाण पत्र तथा नगद पुरस्कार वितरण गरिएको थियो । साथै तेकान्दो तथा काता सम्बन्धी खेलहरूको प्रदर्शनी गरिएको थियो । यस कार्यक्रममा भौतिक तथा अनलाइनबाट सहभागिता जनाइएको थियो । कार्यक्रममा सङ्घका अध्यक्ष लगायत संरक्षकहरू, सल्लाहकारहरू, पदाधिकारीहरू, विभिन्न मुलुकबाट आउनु भएका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

यसै गरी यस पावन अवसरमा सचिवालयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । विभिन्न व्यक्तिहरूले रक्तदानमा सहभागिता जनाएका थिए ।

कार्यक्रमको अन्तमा गैर आवासीय नेपालीहरूको सम्मानमा चियापान कार्यक्रमको आयोजना गरिएको थियो । यस कार्यक्रममा सङ्घका अध्यक्ष कुमार पन्तले स्वागत मन्तव्य दिनु भएको थियो । यसै गरी सङ्घका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, सल्लाहकारहरू, लगायत पदाधिकारीहरू, पूर्व पदाधिकारीहरूले शुभकामना मन्तव्य राख्नु भएको थियो । यस कार्यक्रममा विभिन्न मुलुकबाट आउनु भएका प्रतिनिधिहरू, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू लगायत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन गैर आवासीय नेपाली सङ्घ खेलकुद प्रतिष्ठानका सदस्य सचिव धर्मराज गिरीले गर्नु भएको थियो ।

अन्त्यमा सचिवालयमा गैर आवासीय नेपाली सङ्घको झण्डोतोलन कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू