अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४८ | Colorodo: 18:03

कोलोराडोमा नेपाली भाषा पाठशाला सहयोगार्थ सांस्कृतिक कार्यक्रम

बिआरटीनेपाल २०७८ असोज २१ गते ८:४७ मा प्रकाशित

कोलोराडोमा नेपाली भाषा पाठशाला सञ्चालनको लागि सहयोग रकम सङ्कलन गर्न नेपालीहरूको महान् चाड दसैँ र तिहार आगमनको अवसर पारी कोलोराडोमा दुई नेपाली संस्थाहरू अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखा र एनआरएनए, कोलोराडो च्याप्टरको संयुक्त आयोजनामा यही अक्टोबर २३ तारिख, शनिवारको दिन प्रसिद्ध दोहरी गायक पुरुषोत्तम न्यौपाने सांस्कृतिक साँझ आयोजना गरिँदै छ । कार्यक्रममा कोलोराडोका लोकप्रिय गायक गायिका सम्झना पाण्डे र दीपक गौतमको पनि प्रस्तुति रहनेछ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखा अध्यक्ष राजु सिटौलाले दिएको जानकारी अनुसार नेपाली भाषा पाठशालालाई सहयोग गर्नुको अलावा कोरोना महामारीबाट लामो समय समाजमा घुलमिल गर्न नपाएका नेपालीहरूलाई एक आपसमा भेटघाट गर्न र लोक सङ्गीतको माध्यमबाट एउटा स्वस्थ्य मनोरञ्जन प्रदान गर्नु पनि कार्यक्रमको उद्देश्य हो । साथै आफूहरूले कोरोना महामारीले कस्तो रूप लिन्छ भन्ने कुरालाई गम्भीरतापूर्वक नियालिरहेको र कार्यक्रममा यसबाट बच्न अपनाउनुपर्ने सम्पूर्ण सावधानीहरू अपनाइने जानकारी पनि दिए ।

प्राप्त जानकारी अनुसार कोलोराडोमा यस अघि नै सीमित स्थानहरूमा नेपाली भाषा पाठशाला सञ्चालन भइसके पनि यो अभियानले कोलोराडोमा भएका सम्पूर्ण नेपाली संस्थाहरूलाई साथमा लिएर एकीकृत रूपमा कोलोराडो विभिन्न स्थानहरूमा नेपाली भाषा पाठशाला सञ्चालन गर्ने उद्देश्य राखेको छ ।

प्रतिक्रिया