अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३१ | Colorodo: 14:46

दसैँका लागि खसी तथा बोकाको मासुको मूल्य तोकियो

बिआरटीनेपाल २०७८ असोज २१ गते ८:१६ मा प्रकाशित

राष्ट्रिय मासु व्यवसायी सङ्घले दसैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेको छ । चाडपर्वको मौका छोपी आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका छन् । आन्द्राभुडी राखिएको मासु प्रतिकिलो एक हजार, बोसो राखिएकाको एक हजार २ सय र ह्याकुलासहित रोजाइ (ग्राहकले रोजेअनुसार) को मूल्य १ हजार ३ सय निर्धारण गरिएको छ ।

कुखुराको मासु प्रतिकिलो ३ सय, राँगा र बङ्गुरको मासु ५÷५ सय रूपैयाँ तोकिएको छ । राष्ट्रिय मासु व्यवसायी सङ्घले फुलपातीका दिनदेखि लागू हुने गरी काठमाडौं उपत्यकासहित देशभर खसी, बोका, कुखुरा र राँगाको मासुको मूल्य निर्धारण गरिएको जनाएको हो । सङ्घका अध्यक्ष रमेश खड्गीले खसी तथा बोकाको तीनथरि मूल्य निर्धारण गरिएको बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू