अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२० | Colorodo: 09:35

चर्चित छायाचित्रकार राजीव श्रेष्ठ तीजको अवसरमा महिलाहरूका तस्बिर कैद गर्न व्यस्त

बिआरटीनेपाल २०७८ भदौ २१ गते १०:०३ मा प्रकाशित

विजय थापा । अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका फेशन (भेषभुषा) तथा व्यावसायिक चर्चित छायाचित्रकार(फोटोग्राफर) राजीव श्रेष्ठ तीजको अवसरमा महिलाहरूका तस्बिरहरू खिच्न र कैद गर्न व्यस्त भएका छन् ।

उनले अमेरिका आएर मात्र तीज उत्सवमा फोटो सुट अर्थात् छाया चित्र लिन लागेका हैनन् । ३ दशक देखि व्यावसायिक फोटोग्राफर अर्थात् छायाचित्रकारको रूपमा आफूलाई स्थापित गरेका विशेष गरी ग्लामर (मोहकता )तस्बिरहरू खिच्न प्रारम्भ गरेका श्रेष्ठले नेपाल हुँदा देखि नै तीजमा सबै वर्गमा महिलाहरुकातस्बिर खिच्दै आएका छन् । अमेरिकामा पनि यसलाई निरन्तरता दिएका छन् ।

श्रेष्ठ डिसी महानगर क्षेत्रमा रहेका महिलाहरूको महान् चाड तीज पर्वमा महिलाहरूका तस्बिर खिच्न व्यक्त छन् ।

त्यति मात्र हैन उनले अमेरिकामा पनि हरेक वर्ष ग्ल्यामर क्यालेन्डर ( मोहकता भित्रे पात्रो ) प्रकाशित गरी रहेका छन् । नयाँ तथा सबै कलाकारलाई उनीहरूको कलाकारितालाई पहिचान गरी सदैव हौसला प्रदान गरी उनीहरूको अन्तर निहित प्रतिभालाई प्रवर्द्धन गर्न पछि कहिले हट्दैनन् । थप प्रोत्साहन गर्ने र हौसला दिने गर्छन् ।

यसको अतिरिक्त उनले नेपालका चाडपर्व,परम्परा ,कला ,संस्कृति आदीलाई परदेशमा पनि संरक्षक,जगेर्ना र प्रवर्द्धन गर्न कहिले सम्झौता गरेनन् । यस्ता चाड पर्व ,उत्सव,नेपालका संस्कृति, कला आदिलाई आफ्नो पेसाको माध्यमबाट जगेर्ना गर्न लागि परि रहेका छन् ।

विश्वभरि पुगेका नेपाली महिलाहरूले तीज मनाउने क्रम सँगै महिलाहरू नाच-गान र खानपिनमा मात्र सीमित नराखी व्यावसायिक फोटोग्राफर(छायाचित्रकार )बाट तीजको तस्बिर खिचाउने चलन निकै लोकप्रिय हुँदै गएको छ ।

श्रेष्ठले तिज विशेष ‘फोटोशूट’ अर्थात् तीजका तस्बिर खिच्ने काम सम्पन्न गरेका छन् । नेपालमा रहँदा पनि तिज-पर्वलाई विभिन्न नमुना (मोडेल) तथा सेलेब्रिटी(विशेष व्यक्तित्व ) का तस्बिरहरू खिची प्रस्तुत गर्दै आएका श्रेष्ठले अमेरिकामा पनि यसरी खिच्न पाउँदा हर्ष व्यक्त गरेका छन् ।

तीजमा महिलाहरूले प्रयोग गर्ने रातो साडी,गर-गहना, कपडा र रङ्ग (कलर) ले महिला चेलीबेटी /दिदीबहिनीहरूको तस्बिरहरू कलात्मक र सुन्दर देखिने उनले कुराकानीमा बताए । उनले थप्दै भने तीजको फोटोशूट अर्थात् तस्बिर खिच्ने कार्यलाई बढी विशेष महत्त्व दिने गरेको बताए ।

तीजमा कैद गरेका तीज विशेष तस्बिरहरूले महिला दिदीबहिनीहरूलाई आफ्नो कला र संस्कृति प्रति महत्त्व झल्काउँछ र उनीहरूमा आत्मविश्वास बढाउने उनले बताए ।

प्रतिक्रिया