अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२८ | Colorodo: 19:43

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन, १० युवा पक्राउ

बिआरटीनेपाल २०७८ भदौ १८ गते ७:०२ मा प्रकाशित

मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि युवाहरुले विरोध प्रदर्शन गरेका छन् । काठमाण्डौमा रहेको दूतावास अगाडि विरोध प्रदर्शन गर्ने १० जना युवालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।

एमसीसी खारेजी राष्ट्रिय अभियानको आह्वानमा प्रदर्शन भएको हो । यो परियोजनाले नेपालमा अमेरिकी हस्तक्षेप बढ्ने भन्दै केही समूहले विरोध गर्दै आएका छन् । अमेरिकाले पाँच वर्षभित्र जलविद्युत् र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्दैछ ।

गएको वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसीसी अझै पारित हुन सकेको छैन । यो परियोजना कार्यान्वयनमा नेपाली कांग्रेस तयार भए पनि सत्ता गठबन्धनभित्रकै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सम्झौतामा उल्लेख भएका विषय परिमार्जन नगरि कार्यान्वन गर्न नहुने पक्षमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू