अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५३ | Colorodo: 22:08

दार्चुला घटनाको विरोधमा एकिकृत समाजवादीको विद्यार्थी संगठनद्धारा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

बिआरटीनेपाल २०७८ भदौ १८ गते ७:०० मा प्रकाशित

दार्चुला घटना र नेपाली आकाशमा अनधिकृत भारतीय उडानको विरोधमा नेकपा (एकिकृत समाजवादी) को विद्यार्थी संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । घटनाका बारेमा सरकारको भनाइ सार्वजनिक नभएको अवस्थामा सत्ता गठनबन्धनमा आबद्ध दल नेकपा (एकीकृत समाजवादी) को भ्रातृ सगंठन नै विरोधमा उत्रिएको हो ।

एकिकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको हो । अनेरास्ववियुका अध्यक्ष सुरेश पराजुलीको नेतृत्वमा रत्नराज्यलक्ष्मी क्याम्पस परिसरमा मोदीको पुत्ला दहन गरेको छ। भारतीय हेलिकोप्टरहरू अनुमतिबिनै दार्चुलामा प्रवेश गरेको समाचार बाहिरिएपछि विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

विद्यार्थीहरूले महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन काट्दा बेपत्ता रहेका जयसिंह धामीले न्याय पाउनु पर्ने तथा भारतीय विस्तारवाद मुर्दावाद, भारतीय हस्तक्षेप बन्द गर लगायत भारतविरोधी नारा लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू