अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०३ | Colorodo: 09:18

कार्यकर्तालाई सभापति देउवाको अपिल – ‘स्वस्थ्य प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी हुनुस्’

बिआरटीनेपाल २०७८ भदौ १७ गते २२:०२ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना पार्टीका नेता कार्यकर्तालाई स्वास्थ्य प्रतिस्पर्धा मार्फत अभिवेशनमा सहभागि हुन अनुरोध गर्नुभएको छ । शुक्रबार बिहान एक भिडियो सन्देश जारी गर्दै उहाँले सर्वसम्मत वा स्वास्थ्य प्रतिस्पर्धा मार्फत अधिवेशनमा सहभागी हुन अनुरोध गर्नुभएको हो ।

उहाँले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउने बताउनुभयो । सभापति देउवाले जनताको भरोसा, परिपक्वता  र अनुभवका कारण मुलुकको नेतृत्व आफूहरुकै हातमा आएको बताउँदै जनताको विश्वास जितेर अघि बढ्ने प्रण गर्नुभयो । उहाँले भन्नुभयो, ‘जनताको भरोसा, परिपक्कता र अनुभावका कारण मुलुकको नेतृत्व अहिले फेरि काँग्रेसकै काँधमा आएको छ। म तपाईंहरुलाई जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रण पनि यो भिडियो सन्देश मार्फत गर्न चाहन्छु । हरेक गाउँको मुद्दासँग आफूलाई गाँस्दै,  हरेक टोलको भावनाको नेतृत्व गरी बलियो बनाउन कांग्रेस जरुरी रहेको सन्देश हरेक घर–घरमा पुर्याउनु हुनेछ भन्ने विश्वास मैले लिएको छु ।’

आठ लाख भन्दा बढी क्रियाशिल सदस्या महाधिवेशनमा सहभागी हुने भन्दै उहाँले आफू आज निकै खुसी भएको बताउनुभयो । देउवाले भन्नुभयो, ‘आज म निकै खुसी छु । आठ लाख भन्दा बढी क्रियाशिल सदस्यहरु महादिवेशनमा सहभागी हुनु भएको छ । सबैको सहयोगको अपेक्षा गरेको छु । नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीको आन्तरिक लोकतन्त्रमा पनि नेपाली कांग्रेस सँगै अगाडि छ । देशभरिका साथीभाइलाई लोकतान्त्रीक प्रकियामार्फत महाधिवेशनमा सहभागी हुन अनुरोध गर्छु ।’  कांग्रेसको वडा अधिवेशन आजबाट शुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू