अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०० | Colorodo: 23:15

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

बिआरटीनेपाल २०७८ भदौ १७ गते २१:५३ मा प्रकाशित

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नं ६ पाँच किलो भन्ने स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।आज विहान ७ बजे खसेको पहिरोका कारण दुईतर्फी रुपमा नै यातायात अवरुद्ध भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अविरल वर्षापछि लेदो आएर बाटो थुनिएको स्थानीयले जानकारी दिएका छन् । पानी पर्न नरोकिएका कारण पहिरो हटाउन कठिनाई भएको प्रहरीले जनाएको छ । सडक कार्यालयको लोडर पुगे पनि वर्षा भइरहेकाले काम सुरु हुन नसकेको चितवन प्रहरीले जनाएको छ । पहिरो सफा नहुँदासम्म गाडीहरु सुरक्षित ठाउँमा राखेर धैर्य गर्न चितवन प्रहरीले चालकहरुलाई अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू