अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४९ | Colorodo: 21:04

भदौ २५ देखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुलाउने तयारी

बिआरटीनेपाल २०७८ भदौ १७ गते २१:४५ मा प्रकाशित

कोरोना संक्रमण नियन्त्रणका लागि बन्द गरिएको पशुपतिनाथ र गुह्येश्वरी मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी भएको छ । आगामी भदौ २५ गतेदेखि मन्दिर खुलाउने तयारी भएको हो । भदौ २५ गतेदेखि पशुपतिनाथ र गुह्येश्वरी मन्दिर खुला गर्ने विषयमा आवश्यक तयारीका लागि कोषले सम्बद्ध सरोकारवालासँग परामर्शका लागि बोलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञासँगै भक्तजनका लागि यी मन्दिर बन्द गरिएको थियो । मन्दिरमा नित्य पूजा भने रोकिएको थिएन । काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा हटाइएसँगै भक्तजनका लागि मन्दिर खुलाउने तयारी भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू