अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४८ | Colorodo: 02:03

गायक प्रमोद खरेलको आवाजमा ‘बैगुनी’ (भिडियो सहित)

बिआरटीनेपाल २०७८ साउन ६ गते ६:२८ मा प्रकाशित

काठमाण्डौं । नेपाली सुगम सङ्गीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा रहेको ‘बैगुनी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपालको गुल्मीमा जन्मिएर कर्मथलो बेलायत बर्नाएका मैथानेले हालसम्म डेढ दर्जन गीतहरू बजारमा ल्याइसकेका छन् । बेलायतबाट कलाकार दीपक मैथाने मगरको आफ्नो जन्मदिनको अवसर पारेर नयाँ साङ्गीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका हुन् । मैथाने इन्टरटेनमेन्ट मार्फत सार्वजनिक भएको गीतमा प्रेम पछिको बिछोडलाई समेटिएको छ । दीपक मैथाने मगरको शब्द विलान थापाको सङ्गीत साथै एरेन्ज गीतमा रहेको छ ।

भिडियोमा मनिश श्रेष्ठ, आस्था जोशी, सन्तोष राई र अर्जुन लिम्बूले मोडलिङ अभिनय देख्न सकिन्छ । कुशल श्रेष्ठले भिडियोमा निर्देशन तथा सम्पादन गरेका छन् ।

‘बैगुनी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

प्रतिक्रिया