अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२३ | Colorodo: 16:38

अमेरिकाबाट आविष्कार केन्द्रलाई आर्थिक सहयोग

सुरेश चाम्लिङ २०७८ असार २८ गते ११:०८ मा प्रकाशित

न्यु हेम्प्शायर । हाल अमेरिका भ्रमणमा रहनु भएको राष्ट्रिय आविष्कार केन्द्रका निर्देशक महावीर पुनलाई अमेरिकामा रहनु भएको नेपालीहरूबाट आर्थिक सहयोग र राहत सामग्री प्रदान गरिएको छ । उक्त आर्थिक सहयोग विशेष गरेर नेपालमा कोरोना पीडितहरूको सहयोगलाई मध्य नजर गरेर सङ्कलन गरिएको युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्ष मुना राईले बताउनु भएको छ । विभिन्न सङ्घ संस्था र व्यक्तिगत रूपमा रकम सङ्कलन गरिएको भएता पनि अर्गनाइजेसनको युवा अमेरिकन सेनामा कार्यरत सुप्रेम राईले गोफण्डबाट २०२१ डलर र युनिभर्सिटीमा अध्ययनरत अर्गनाइजेसनका युवती अबृता कुथुमिले मम बनाएर बिक्री गरी उक्त रकमबाट आएको रकम नेपाल पठाइएको कुरा अर्गनाइजेसनका न्यु योर्क च्याप्टर सभापति केशवराम राईबाट थाहा भएको छ ।

ग्रेटर न्यु योर्क नेपाली टिम भनेर आयोजना गरिएको एक कार्यक्रम मै विभिन्न व्यक्ति र सङ्घसंस्थाबाट लगभग ६५ हजार डलर उठेको छ । महावीर पुन उहाँको गुरुको निधनमा शोक सभामा सहभागी हुन अमेरिका भ्रमणमा आउनु भएको बेला २५ भन्दा बढी राज्यहरूमा लगभग ५० भन्दा बढी कार्यक्रममा सहभागी हुनु भएको र त्यसमा ३ करोड डलर बराबरको रकम र ३ करोड डलर भन्दा बढीको सहायता सामग्रीहरू सङ्कलन गरिएको थाहा भएको छ ।

सम्बन्धित सामग्रीहरू