अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१४ | Colorodo: 01:29

पाँचै वर्ष प्रधानमन्त्री ओलीलाई नै दिए के बिग्रन्थ्यो र ? : नेता अशोक राई

सुरेश चाम्लिङ २०७६ जेठ २४ गते ४:२८ मा प्रकाशित

न्यु हेम्सायर, नेपालको संविधानका केही प्रावधानहरू विभेदकारी छन्, त्यो संशोधन गर्नु अहिलेको आवश्यकता हो, यो संविधानमा मौलिक हक सम्बन्धी धाराहरू अत्यन्त राम्रा छन्, तर पहिचान, भाषा, धर्म जस्ता सवालमा यो संविधानले विभेद गरेका छ । यसलाई संशोधन गरेर उत्कृष्ट संविधान बनाउने उदेश्यले प्रधानमन्त्रीसँग लिखित सम्झौता गरेर हामी सरकारमा गएको हो त्यसको पालना हुन्न भने हामी सरकारमा बस्नुको औचित्य छैन । 

प्रधानमन्त्रीको भारत भ्रमण पश्चात् नेपाल आए पछि यस बारेमा कुरा हुन्छ । उक्त कुरा समाजवादी पार्टीको वारिस्ठ नेता अशोक राईले अमेरिकाको न्यु हेम्प्शायर राज्यमा भएको अन्तरक्रिया कार्यक्रममा बताउनु भएको हो ।

न्युहेम्प्शायर राज्यको स्थानीय सिटि हुक्सेटमा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू बिच अन्तरक्रियामा उठेका जिज्ञासा हरूको उत्तर दिँदै उहाँले स्थिर सरकारको कुरो उठेको बेला प्रचण्डले अहिले सम्झौताको कागज निकालेर किन बखेडा गर्नु, पाँच वर्ष ओलीजीलाई नै दिए के बिग्रन्थ्यो र ? 

पाँच वर्ष मै प्रचण्ड जी एक्स्पाएर भई हाल्ने पनि होइन क्यारे । यो नेताहरूमा इमान्दारिता देखिएन भन्नु भयो । प्रधानमन्त्रीले जनतामा सम्ब्रिद्दीको सपना धेरै देखाउनु भो तर त्यसलाई सम्बोधन गर्ने कुनै नीति देखिएन । सरकारी कार्यालय अड्डा अदालत हरेक निकायमा भ्रष्टाचार कमीशनतन्त्र यथावत् मात्र होइन कल्पना गर्न नसक्ने गरी बढेको छ, त्यसलाई नियन्त्रण गर्न सकेको छैन । पहिलेको भन्दा अहिले स्थिति बिग्र्‍यो भनेर जनता निराश छन् । के हामीले खोजेको गणतन्त्र यही हो ? भनेर जनता अन्योलमा छन् भन्नु भयो । 

अर्को एक प्रश्नको जवाफ दिनु हुँदै अशोक राईले एमाले फोडेको होइन छोडेको हो र चाइनिज उखान अनुसार दश पटक नाप एक चोटि काट को सिद्धान्त अनुसार मैले एमाले परित्याग गरेकोले मलाइ कुनै पश्चात्ताप छैन । एमालेमा अत्यधिक मतले उपाध्यक्ष निर्वाचित भएको हो त्यो पार्टीको नेताहरूको सबैको बारेमा राम्रो थाहा छ । गौरव र आत्मसन्तुष्टि कै विषय खोजी गर्ने हो भने त मैले हात समाएर पोलिटिक्समा लगाएको, मदन भण्डारीसँग बिहेको प्रस्ताव मैले नै लगेको र बिहे समेत गराई देको व्यक्ति अहिले राष्ट्रपति छिन । म एमालेमा भएको भए लाभको पद त मिल्थ्यो होला तर देशको समूल परिवर्तनको लागि त्यहाँ बसेर केही गर्ने अवस्था थिएन । अहिले हिमाल पहाड तराइलाई एक बनाइ मुलुकको आमूल परिवर्तनको लागी लागेको छु त्यसमा मलाइ गर्व छ उहाँले भन्नु भयो ।

उहाँ अहिले अमेरिकाको भ्रमणमा हुनु हुन्छ । उहाँले नेपाली फेडेरल सोसाइटी अमेरिका हालको परिवर्तित नाम “नेपाली समाज अमेरिका” द्वारा गरिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम न्यु योर्कमा सहभागी हुनु हुनेछ ।

सोही सभालाई सम्बोधन गर्नु हुँदै समाजवादी पार्टी महिला इन्चार्ज सुशीला श्रेष्ठले महिला अधिकारको बारेमा बोल्नु भएको थियो । न्युहेम्पशायर राज्य मा भएको अन्तरक्रिया कार्यक्रममा एन आर एन अमेरिका पूर्व सभापति शिव कुमार राई, न्युहेम्प्शयार नेपाली कम्युनिटीका अध्यक्ष सोम गुरुङ, नेपाली सङ्घीय समाजका सुरेश चाम्लिङ, लगाएतकाले बोल्नु भएको थियो भने आदिवासी जनजाति महासङ्घका सुन्दरी गुरुङ, तमु समाजका शम्भु गुरुङ, एन आर एन बोर्ड मेम्बर छत्रा गुरुङ, तामाङ सोसैटिका पूर्व अध्यक्ष फुर्वा तामाङ, युनाईटेड किराँत राई अर्गनाइजेसन न्यु इंग्ल्यान्ड च्याप्टर सभापति मुक्ति राई, जन सम्पर्क समितिका लोक लामा गोले लगायतका व्यक्तित्व हरूको उपस्थिति थियो । 

सम्बन्धित सामग्रीहरू