अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५६ | Colorodo: 14:11

अमेरिकाको बोस्टनमा साकेलाको मैजारो

सुरेश चाम्लिङ २०७६ असार ४ गते ११:१२ मा प्रकाशित

युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकाले विभिन्न राज्यमा यस वर्षको साकेला उभौली सम्पन्न गरी बोस्टन सहरमा अन्तिम समापन गरेको छ । केन्द्रीय सभापति मुना राई कार्यक्रमको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा उहाँले अमेरिकाको आन्ध्र महासागरदेखि प्रशान्त महासागरसम्म किराँत राईहरूको भाषा, धर्म तथा संस्कार संस्कृतिलाई जीवन्त राख्दै भावी पिँढीलाई हस्तान्तरण गर्न हामीले सन् २००७ देखि यो अर्गनाइजेसनको स्थापन गरेको हो भन्नु भयो । किराँत राईहरू विश्वको जुनसुकै ठाउँबाट आएर अमेरिकाको विभिन्न राज्यमा छरिएर रहे बसेको भएता पनि यो अर्गनाइजेसनले हामी एक सूत्रका हौँ भन्ने विश्वास राख्दछ । उहाँले थप भन्नु भयो -किराँत राईहरूको परिचय र मौलिकता सँगै नेपालीपनलाई अमेरिकी परिवेशमा स्थापित गर्न अर्गनाइजेसनले महत्त्वपूर्ण भूमिका खेलेको छ ।

अर्का विशेष अतिथि किराँत राई सोसाइटीका सभापति राम राईले शुभ कामना मन्तव्य दिनु हुँदै हामी दाजु भाइहरू एक अर्काको दुख,सुखमा सहभागी हुनु पर्दछ । यो नै किराँती राई हरूको पहिचान हो भन्नु भयो । यो साकेलाले जीवनमा सुख शान्ति र सम्व्रिद्दि ल्यावोस भनी शुभ कामना व्यक्त गर्नु भयो ।

अर्गनाइजेसनका पूर्व सभापति विष्णु राईले किराँत राईहरूको यो चाड संसारको सबै ठाउँमा फैलिएको कुरामा गर्व गर्नु हुँदै यसको पहिचानको लागि १ न प्रदेश किराँत प्रदेश हुनु पर्ने कुरा बताउनु भयो । अन्य शुभ कामना मन्तव्य दिनु हुनेहरूमा ए ए सी सी म्यासाच्युसेट्सका सभापति प्रल्हाद के सी, जी बि एन सी का सभापति अर्जुन जङ्ग कुँवर, एन आर एन आइ सी सी मेम्बर तिर्सना काफ्ले शर्मा लगायत हुनु हुन्थ्यो । 

अन्य उपस्थितहरूमा फिपना सभापति सुन्दरी गुरुङ, गुरुङ समाज न्युहेम्प्शायरका अध्यक्ष शम्भु गुरुङ, एन आर बोस्टनका सभापति प्रेम तामाङ, तमु समाज बोस्टनका सभापति मीन गुरुङ, गुरुङ समाज बोस्टनका सभापति प्रकाश गुरुङ, पशुपति बुद्ध फाउन्डेसनका सभापति विष्णु मणि आचार्य, एन आर एन एन सी सी बोर्ड डाइरेक्टर छत्र गुरुङ, आइ एन एल एस म्यासाच्युसेट्स च्याप्टरका सभापति यम पौडेल, एन आर एन न्यु हेम्प्शायर सभापति डम्बर कडरिया, मगर समाज बोस्टन सभापति सरिना राना, एन एच एन सी पूर्व सभापति मीन गौतम, लायन्स क्लब न्युहेम्प्शायरका सभापति उमेश कोइराला, जात्रा नेपालका सभापति मिलन बस्नेत लगायत हुनु हुन्थ्यो । 

सभापति मिलन बस्नेतको तर्फबाट कार्यक्रमको लागि सोडा पानी उपलब्ध गराई सहयोग गर्नु भएको थियो । उक्त कार्यक्रममा नवान्तुक राईहरूलाई स्वागत गरिएको थियो भने यो वर्ष कलेज तथा हाइ स्कुल ग्राजुएशन गर्नेहरूलाई खादा ओढाई ट्रफी प्रदान गरिएको थियो । उक्त कार्यक्रम नक्छुंग पदम बहादुर राईबाट पूजा आज गरी सुरु गरिएको थियो । जय राईले पिपिरी धुन र सोङ्ग गेर्वा कुलुङ्गले नृत्य गर्नु भएको थियो । अर्गनाइजेसनका न्यु इंग्ल्याण्ड च्याप्टरबाट साकेला नाच सुरु गरिएको थियो भने अन्त्यमा सम्पूर्ण सहभागीको गोलो घेरामा ढोल झ्याम्टा बजाएर साकेला नाच गरिएको थियो । स्वागत भाषण अर्गनाइजेसनका न्यु इंग्ल्याण्ड उप सभापति कर्ण राईले गर्नु भएको थियो । सभाका सञ्चालन न्यु इंग्ल्याण्ड महासचिव शेखर राई र पूर्व उपसभापति अनिता राईले संयुक्त रूपमा गर्नु भएको थियो । अर्गनाइजेसनका न्यु इंग्ल्याण्ड सभापति मुक्ति नारायण राईको सभापतित्वमा भएको उक्त कार्यक्रमको विसर्जन गर्नु हुँदै उहाँले सम्पूर्ण सहभागी तथा कार्यक्रम सफल बनाउनु हुने सम्पूर्णलाई धन्यवाद दिनु भएको थियो । 

सम्बन्धित सामग्रीहरू