अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२९ | Colorodo: 20:44

ढोकप्या किदुग अमेरिकाको अध्यक्षमा गोवा ढोकप्या

बिआरटीनेपाल २०७८ असार २३ गते ६:४५ मा प्रकाशित

अमेरिका । तोक्प्यगोला समाज सेवा समितिको अमेरिकास्थित प्रवास सङ्गठन ढोक्प्या किदुग अमेरिका शाखाको तेस्रो महाधिवेशन सम्पन्न भएको छ ।

अमेरिकाको न्यु योर्क क्वीन्समा जुलाई ३ मा सम्पन्न भएको उक्त अधिवेशन उद्घाटन र बन्दशत्र गरेर दुई चरणमा सम्पन्न भएको हो ।
बन्द सत्रमा संस्थाका सचिवको कार्य प्रगति प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदनसहित भावी कार्य योजना बन्दशत्रबाट सर्वसम्मत पारित गर्दै नयाँ कार्यसमिति चयन गर्ने प्रक्रियामा प्रवेश गरेको थियो ।

अधिवेशनबाट दोस्रो कार्यकालका लागि संस्थाको अध्यक्षमा सर्वसम्मत चुनिएका गोवा ढोकप्याले निकट भविष्यमै संस्थाका सबै पदाधिकारीहरूको सहमति र सहकार्यमा आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति संरक्षण गर्ने विषयमा अगाडि बढ्ने र भविष्यमा भावी सन्ततिका लागि आवश्यक काम गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

नवनियुक्त कार्यसमितिको उपाध्यक्षमा निमा डोमा ढोकप्या, सचिवमा ज्ञ्याल्जेन ढोकप्या, सहसचिवमा दावा फुटिक ढोक्प्या, कोषाध्यक्षमा लाक्पा ढोक्प्या, सहकोषाध्यक्षमा कासगंला ढोक्प्या र सदस्यहरूमा पासागं वागंदी ढोक्प्या, छेवागं ढोक्प्या, फुपु नानी ढोक्प्या, दावा छिरीगं ढोक्प्या र छोकी ढोक्प्या रहेका छन् ।

अधिवेशनमा नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिकाका पूर्व उपाध्यक्ष तथा वर्तमान आदिवासी जनजाति महासङ्घ अमेरिकाको वर्तमान सल्लाहकार डन्डु ढोकप्याले नयाँ कार्यसमितिलाई बधाई दिँदै कार्य सफलताको शुभकामना मन्तव्य दिएका थिए ।

प्रतिक्रिया