अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४७ | Colorodo: 18:02

फेसबुकमा नयाँ बिशेषता थप

बिआरटीनेपाल २०७८ असार ४ गते ७:०८ मा प्रकाशित
विश्वभर लोकप्रिय भएकाे सामाजिक सञ्जाल फेसबुकमा नयाँ बिशेषता थप्ने तयारी गरिएकाे छ । फेसबुक प्रयाेगकर्ताका लागि थप सुविधा दिने उद्देश्यले अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको हाे ।फेसबुकले दिएकाे जानकारी अनुसार याे सेवाकाे परीक्षण सफल भएकाले प्रयाेगकर्तामाँझ पुर्याउने तयारी अन्तिम चरणमा पुगेकाे छ । यो सेवा आगामी जुन २२ देखि शुरु हुने जनाइएको छ ।कम्पनीका अधिकारीहरुका अनुसार अप्रिलमा नै नयाँ बिशेषताका बारेमा परीक्षण गरिएको थियो । परीक्षणबाट नतिजा सकारात्मक आएपछि अहिले पुरै तयारीका साथ जोड्न थालिएको बताइएकाे छ ।

पोडकास्ट सेवा जोडिएपछि फेसबुक एपमा नै सिधै अडियो सामग्रीहरु सुन्न मिल्ने भएको फेसबुक कम्पनीले जनाएको छ । अडियो सेवाका बारेमा इमेलमार्फत जानकारी दिने र जोड्न सकिने व्यवस्था गर्न लागिएको पनि अधिकारीहरुले बताएका छन् । फेसबुकको न्युजफिडमै अडियो पोस्ट गर्न मिल्ने र त्यही बजाएर सुन्न मिल्ने व्यवस्था हुने भएको छ । कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू