अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४९ | Colorodo: 16:04

किरात राई सोसाइटी अफ अमेरिकाले रक्तदान गर्दै

बिआरटि नेपाल संवाददाता, न्यु योर्क । २०७८ असार १ गते १२:१६ मा प्रकाशित

किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले जुन २६ मा रक्तदान कार्यक्रम गर्ने भएको छ । केआरएसएले आफ्नो १७ औँ स्थापना दिवसको अवसरमा उक्त कार्यक्रम गर्न लागेको हो ।

‘केआरएसएको १७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्न लागेका हौँ,’ केआरएसएका केन्द्रीय अध्यक्ष रामकुमार राईले भने । उनले उक्त रक्तदान कार्यक्रममा सहभागी हुन सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरे ।

केआरएसएले न्यु योर्क ब्लड सेन्टरले घोषणा गरेको ब्लड इमर्जेन्सीलाई मध्यनजर गर्दै रक्तदान गर्न लागेको अध्यक्ष राईले बताए । रक्तदान कार्यक्रम सेन्टरकै समन्वयमा हुन लागेको हो ।

केआरएसएले गत वर्ष पनि रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाएको थियो । कोरोना भाइरसको महामारीका कारण केआरएसएले विभिन्न समयमा नियमित रुपमागर्दै आएको सांस्कृतिक र सामुदायिक भेला बन्द गरेको छ । केआरएसएले अनलाइनबाट गर्न सकिने कार्यक्रम र अन्तरक्रिया आदिलाई भने निरन्तरता दिएको छ ।

कोरोना भाइरस नियन्त्रणमा आउँदै गर्दा केआरएसएले रक्तदान कार्यक्रम गर्न लागेको हो । रक्तदानका लागि हस्ताक्षर सहितको परिचय पत्र वा ब्लड डनर कार्ड भएको, १२ महिनाभित्र टाटु नखोपेको, कम्तीमा १ सय १० पाउन्ड तौल भएको र ७५ वर्ष ननाघेको हुनु पर्नेछ ।
रक्तदान कार्यक्रम क्वीन्सको उड साइड स्थित सत्यनारायण मन्दिरमा हुनेछ । कार्यक्रम बिहान ११ बजे देखि साँझ ५ बजे सम्म चल्नेछ ।

यसै बिच केआरएसए न्यु योर्क च्याप्टरले आफ्नो महान् चाड साकेला उँभौली भर्चुअल रूपमा मनाउने भएको । कोरोना भाइरस सत प्रतिशत नियन्त्रणमा नआइसकेको अवस्थालाई मध्यनजर गर्दै साकेला उँभौली भर्चुअल मनाइन लागेको हो ।

केआरएसए न्यु योर्क च्याप्टर अध्यक्ष भारती राईले आगामी बिहीबार (जुन १७) साकेला उँभौलीमा अनलाइन सहभागिता जनाउन अमेरिकामा बसोबास गरिरहेका किरात राई र नेपाली समुदायलाई आग्रह गरेकी छन् । उनले कार्यक्रममा सहभागी हुन गुगल मिटको लिङ्क शेयर गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू