अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५७ | Colorodo: 21:12

युरोकप फुटबलमा बेल्जियमको विजयी सुरुवात

बिआरटीनेपाल २०७८ जेठ २९ गते २२:४७ मा प्रकाशित

युरोकप फुटबलमा बेल्जियमले विजयी सुरुवात गरेको छ ।  गएराति भएको समूह चरणको पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० गोल अन्तरले पराजित गर्यो । पहिलो हाफमा २–० को अग्रता लिएको बेल्जियमले दोस्रो हाफमा थप एक गोल गर्यो ।  बेल्जियमका लागि रोमेलु लुकाकुले दुई गोल गरे भने थोमस मुनिएरले एक गोल गरे ।

खेलको दशौँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए । त्यसपछि खेलको ३४ औं मिनेटमा मुनिएरले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसैगरी खेलको ८८ औं मिनेटमा लुकाकुले फेरि गोल गरे । जितसँगै समूह ‘बी’मा रहेको बेल्जियमले ३ अङ्क जोडेको छ ।  यो समूहमा रहेको फिनल्याण्डको पनि ३ अङ्क नै रहेको छ ।

प्रतिक्रिया