अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१७ | Colorodo: 03:32

प्रतिमा र प्रवीणको स्वरमा ‘माया लाइसक्यो’

बिआरटीनेपाल २०७८ जेठ ९ गते ११:१४ मा प्रकाशित

गायिका प्रतिमा केसीको पहिलो साङ्गीतिक कोसेली ‘माया लाइसक्यो’ सार्वजनिक भएको छ । ‘माया लाइसक्यो’मा प्रतिमालाई प्रवीण बेडवालले साथ दिएका छन् ।

सप्तक म्युजिकको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गीत किसन सुवेदीले लेखेका हुन भने सङ्गीत सिएल शर्माको छ ।

वीरेन्द्र धामीले निर्देशन गरेको गीत भिडियो पनि उनैले खिचेका हुन्। गीतमा कुशल सिंहको कोरियोग्राफी छ ।

युवापुस्ताको माया प्रेमको विषय समेटिएको छ । गीत केही अघि नै तयार भए पनि कोरोना महामारीका कारण भिडियो छायाङ्कन रोकिँदा सार्वजनिक गर्न ढिलाइ भएको गायिका प्रतिमाले बताइन् ।

‘पहिलो प्रयास भए पनि लामो समयको मेहनत र साधनाले यो कोसेली ल्याएको हुँदा यसबाट निकै उत्साही र आशावादी पनि छु’ प्रतिमाले भनिन् । उनले दर्शक–श्रोतासँग साथ र सहयोगको अपेक्षा पनि गरिन्।

प्रतिक्रिया