अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४५ | Colorodo: 16:00

विश्वकप छनोट र इराकविरुद्धको खेलका लागि टिम घोषणा

बिआरटीनेपाल २०७८ जेठ ४ गते ७:५७ मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बुधबार विश्वकप छनोट र र इराकविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि २३ टिमको घोषणा गर्नुभएको छ । टिममा उहाँले पछिल्लो पल्ट थ्री नेसन्सकप खेलेको टिममा पनि ठूलो परिवर्तन समेत गर्नुभएको छ । घोषित टिममा गोलरक्षकमा किरण लिम्बू, विशाल सुनार र दीप कार्की छन् ।

यस्तै रक्षापंक्तिमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौत्तम श्रेष्ठ, सुमन अर्याल र विकास खवास छन् । मध्यपंक्तिमा विशाल राई, मनिष डांगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज ठकुरी, पुजन उपरकोटी र आयुष घलान छन् । अग्रपंक्तिमा भने अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ आशिष लामा छन् ।

टिममा नपर्ने प्रमुख खेलाडीमा भरत खवास, रञ्जित धिमाल, अमित तामाङ, सेसेहाङ आङदम्बे, रवि पासवान, निशान खड्का, नितिन थापा र दर्शन गुरुङ छन् । नेपालले मे २५ मा इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसपछि नेपालले विश्वकप छनोटमा अस्ट्रेलिया, जोर्डन र चिनियाँ ताइपेई रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू