अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३० | Colorodo: 05:45

कोभिड संक्रमितलाई उद्योग वाणिज्य संघले निःशुल्क परामर्श दिने, भाइबर नम्बर सार्वजनिक

बिआरटीनेपाल २०७८ वैशाख २५ गते ८:३५ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ महामारीबाट आक्रान्त जनतालाई राहतको कार्यक्रम स्वरूप एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान सुरु गरेको छ ।

अभियानमा चिकित्सकहरूले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्ने छन् । कोभिड संक्रमित आइसोलेसनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाइ भएका बिरामीले २११११२११११ भाइवर नम्बरमा म्यासेज गरी सहयोग प्राप्त गर्न सक्नेछन् ।

परामर्शका लागि बिहान ९ बजे देखि १२ बजेसम्म र दिउँसो ३ बजेदेखि ६ बजेसम्मको समय छुट्याइएको छ । यसबाट संक्रमितको चिन्ता कम गरी आत्मबल बढाउन सहयोग पुग्ने महासंघका अध्यक्ष शेखर गोल्छाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू