अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१८ | Colorodo: 22:33

टेक्ससमा नेपाली पाठशालाको दीक्षान्त समारोह

बिआरटीनेपाल २०७८ वैशाख १८ गते ८:२६ मा प्रकाशित

टेक्सस – टेक्ससको नेपाली पाठशाला सम्भवतः संसारमै नेपाल बाहिर रहेको नेपालीहरू द्वारा सञ्चालित सबैभन्दा ठुलो पाठशाला हो। स स्कुलको प्रिन्सिपल टेक्सस निवासी विजयराज भट्टराईले दिएको जानकारी अनुसार स्कुलमा २०२१ स्प्रिङ सेसनमा मात्र ४०० भन्दा बढी बिद्यार्थीहरु भर्ना भएका थिए ।

हप्ताको ४ दिन (शनिवार, आइतबार, मङ्गलवार र बिहीबार) सञ्चालन हुँदै आइरहेको यस स्कुलमा शिक्षकहरू भोजबहादुर बलायर, सुशील चौधरी, डा होम आचार्य, श्रद्धा अधिकारी, पशुपति तिम्सिना, र बटुक विष्ट ले स्प्रिङ सेसनका विभिन्न विषयमा अध्यापन गराएका थिए ।

यस पाठशालामा नेपाली लेख्ने, पढ्ने, नैतिक शिक्षा, पब्लिक स्पिकिङ्ग तथा लिडरसिप, योगा, वेबसाइट डिजाइन तथा डेभलपमेण्ट का अतिरिक्त क्रियाकलाप नृत्य, गायन, कथा वाचन सबै कुराहरूको छुट्टाछुट्टै कक्षा सञ्चालन गरिएको छ ।

मे २ आइतबार दिउसो टेक्ससको समय १ बजेबाट दीक्षान्त समारोहको आयोजना अनलाइन नै हुनेछ। समारोहको अवसरमा केही विद्यार्थीहरूले आफ्नो घरमै बसेर जुमबाटै आफ्नो प्रतिभाहरू प्रस्तुत गर्नेछन्। उनीहरूले नाचगानका अतिरिक्त आफ्ना प्रतिभाहरू प्रस्तुत गर्ने जानकारी स्कुलले गराएको छ ।

प्रतिक्रिया