अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२१ | Colorodo: 22:36

ए.एन.ए. द्वारा अमेरिका नेपाल सम्बन्धको ७५ वर्षको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दै

बिआरटीनेपाल २०७८ वैशाख १२ गते ९:२१ मा प्रकाशित

टेक्सस । उत्तरी अमेरिका (अमेरिका तथा क्यानडा) मा रहेका नेपालीहरूको संस्था ‘एसोसिएसन ऑफ नेपलिज इन द अमेरिकाज’ (ए.एन.ए.) ले अमेरिका-नेपालको कूटनैतिक सम्बन्धको ७५ वर्ष प्रवेश गरेको अवसर पारेर 75 Years of Nepal-USA Diplomatic Relationship and Our Achievement यस ७५ वर्षका उपल्बधीहरु तथा आगामी दिनहरूको अपेक्षा सहितको कूटनैतिक समीक्षा गरिने कार्यक्रम गर्न लागेको जानकारी ए.एन.ए. अध्यक्ष विजयराज भट्टराईले प्रेस विज्ञप्ति मार्फत गराउनुभयो।

नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको प्रमुख आतिथ्य तथा नेपाल सरकारका अमेरिकाका लागि राजदूत महामहिम डा. युवराज खतिवडा र नेपालका लागि अमेरिकाका पूर्व राजदूत महामहिम स्कट डेलीसीको विशेष सहभागिता सहित अमेरिका तथा नेपाल दुवै पक्षका व्यक्तित्वहरू सँग अप्रिल २५ आइतबार साँझ ७ बजे पूर्वीय समयमा विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी ए.एन.ए. का महासचिव डा चूडामणि खनालले बताउनु भयो।

कार्यक्रममा अमेरिका-नेपाल सम्बन्धमा विशेष जानकारी राख्नुहुने व्यक्तित्वहरू डा जीत जोशी, डा अनिल सिग्देल, डा. विद्या रञ्जित र डेभिड कप्रारा प्यानालिष्ट हुनुहुन्छ भने कार्यक्रमको सञ्चालन ए.एन.ए. बोर्ड अफ ट्रस्टी डा. अम्बिका प्रसाद अधिकारीले गर्नुहुनेछ। भर्चुअल प्रविधि मार्फत आयोजित यस प्रकारको यो निकै ठुलो कार्यक्रम हो।

अमेरिका नेपालको कूटनैतिक सम्बन्ध सन् १९४७ को अप्रिल २५ मा भएको थियो। अमेरिका बेलायत पछि नेपालको कूटनैतिक सम्बन्ध स्थापित भएको दोस्रो मुलुक हो। नेपालले सन् १९५८ मा वाशिङ्गटन डी.सी. मा आफ्नो दूतावासको स्थापना गरेको थियो भने अमेरिकाले सन् १९५९ मा काठमाडौँ मा आफ्नो दूतावास स्थापना गरेको थियो।

प्रतिक्रिया