अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०७ | Colorodo: 08:22

एनआरएनए अमेरिकाको निर्वाचनका लागि आइसिसी सदस्य पदका लागि नारायण कँडेलले उम्मेदवारी दर्ता

बिआरटीनेपाल २०७८ वैशाख ९ गते १४:३० मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए अमेरिकाको आसन्न निर्वाचन (२०२१-०२३) का लागि आइसिसी सदस्य पदका लागि नारायण कँडेलले उम्मेदवारी दर्ता गराएका छन् । लामो समयदेखि अमेरिकामा रहेर सामाजिक कार्यमा क्रियाशील कणेलले नयाँ कार्यसमिति निर्वाचनमा आइसिसी सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका हुन् । एनआरएनए अमेरिकाका पछिल्ला निर्वाचनमा समेत उम्मेदवारी कारण चर्चामा रहदैं आएका कँडेललाई यस निर्वाचनमा पनि कुनै न कुनै पदमा देख्न सकिने आङ्कलन धेरैको थियो ।

टेक्ससमा रहेर नेपाली समुदाय र मातृभूमिको समस्यामा सधैँ सक्रिय भूमिकामा देखिँदै आएका उनले आफ्नो उम्मेदवारी वक्तव्य जारी गरेका छन् । जसमा उल्लेख भए अनुसार कणेलले नयाँ कार्यसमिति निर्वाचनमा एनआरएनका अग्रज अभियन्ताहरू, सहकर्मी,सहपाठी, सहयात्री र आफन्तजनको सल्लाह, सुझाव, र समर्थनको कदर गर्दै यस निर्वाचनमा अमेरिकाबाट प्रतिनिधित्व गर्दै आइसिसी सदस्य पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रने भएका हुन् । उम्मेदवार कँडेलले भनेका छन् ‘मेरो विजयको आधार भनेको तपाईँहरूले देखाउनु भएको साहानुभुति,मेरो ईमान्दारीता लगनशीलता र सानै उमेर देखि सामाजिक कार्यमा कार्यकुशलता नै हो ।

म सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीमा विश्वास गर्दछु।’ एकता, सहमति, सहकार्य र उच्च नैतिकता प्रमुख लक्ष्य बनाएर आइसिसी सदस्य पदको उम्मेदवारी सार्वजनिक गरेका नारायण कँडेलले एनआरएनलाई हाम्रो भन्दा पनि राम्रो र सबै प्रवासीहरूको साझा एनआरएन बनाउने कार्यमा आफू विजय, पराजय जे भए पनि आफ्नो क्षमताले भ्याए सम्म अभियानमा आबद्ध रहेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया