अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३७ | Colorodo: 18:52

सी.एल.र चौधरीको थारु गीतमा आरजु र नितेशको अभिनय

बिआरटीनेपाल २०७८ वैशाख ३ गते ८:३७ मा प्रकाशित

काठमाडौँ । थारु संस्कृति र परम्परा जोगाउन कलाकारहरू अहोरात्र खटिरहेका छन् । जसको पछिल्लो उदाहरण हो अन्नु चौधरी र सुरज सिंह ठाकुरको स्वर रहेको डान्सिगं शैलीमा तयार भएको थारु गीत मै बन बु राजा तु बन बो रानी ।

निर्देशक रामप्रसाद चौधरीको निर्देशनमा तयार भएको थारु गीत मै बन बु राजा तु बन बो रानी बजारमा आएसँगै चर्चा सुरु भएको छ ।

चर्चित सङ्गीतकार सिल शर्माको शब्द सङ्गीत समावेश गीतमा निर्देशक चौधरीले आरजु बैजु र नितेश चौधरीलाई गज्जबसँग खुलाएका छन् । आरजु र नितेशको रोमान्सको दृश्य देख्दा जोकोहीलाई पनि नाचौँ नाचौँ लाग्छ ।

शिशिर खातीको कोरियोग्राफी रहेको भिडियोमा आरजु र नितेशका अलावा सन्दीप चौधरी र विजय चौधरीको पनि अभिनय रहेको छ । सङ्कल्प भुजेलको छायाङ्कन रहेको भिडियोमा अर्जुन जिसीको सम्पादन रहेको छ । जसको निर्माताका रूपमा नीरज र चंन्दी चौधरी रहेका छन् ।

प्रतिक्रिया