अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४४ | Colorodo: 20:59

न्यायाधीशको लागि चुडाल र सुवेदीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

बिआरटीनेपाल २०७८ वैशाख ३ गते ८:३५ मा प्रकाशित

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । न्याय परिषदको बैठकले २८ फागुनमा उच्च अदालतका मुख्य न्यायाधीशद्वय चुडाल र सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।

न्यायाधीशमा सिफारिस उनीहरुसँग आज संसदीय सुनुवाइ समितिमा सांसदहरुले छलफल गरेका थिए । सांसदहरुले सोधेको प्रश्नको जवाफ दिएपछि समितिले उनीहरुको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिले उनीहरु योग्यता, क्षमता र अनुभवका आधारमा उक्त पदका लागि योग्य देखिएकाले सर्वसम्मतिले अनुमोदन गरेको निर्णय गरेको छ ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि प्रस्तावित न्यायाधीश चुडाल र सुवेदीलाई राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू