अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२९ | Colorodo: 21:44

नयाँ वर्षमा डिल्ली फोम्बोको यो मायाले के गर्‍यो

बिआरटीनेपाल २०७८ वैशाख १ गते ७:२४ मा प्रकाशित

धरान । डिल्ली फोम्बो एन्ड द ब्यान्डको रूपमा स्टेजहरूमा चम्किरहेका धराने गायक डिल्ली फोम्बोले एक वर्षको अन्तरालमा नयाँ गीत भिडियो सहित रिलिज गरेका छन्।

“यो मायाले के गर्‍यो “बोलको गीतमा गायक डिल्ली फोम्बोकै शब्द – सङ्गीत रहेको छ भने सञ्जीव राईको सङ्गीत संयोजन रहेको छ।

रेखा लिम्बु र गायक डिल्ली फोम्बोको अभिनय रहेको गीतको नरेन लिम्बुको निर्देशन रहेको छ भने विनय कंसाकारको सम्पादन र बिजेन्द्र भट्टराईको छायाङ्कन रहेको छ। लिम्बु समुदायमा पहिलो चोटि गुनगुनाइएको भनिएको पोकन्दि र नेपाली लोक शब्द -सङ्गीतको सम्मिश्रण गरिएको गीत एउटा प्रयोगको रूपमा तयार गरेको गायक डिल्ली फोम्बोले बताए। लकडाउनले थलिएको समयमा तयार गरेर लकडाउन खुलेपछि गीत तथा भिडियो तयार गरिएको गायक फोम्बोले बताए।

म्युजिक भिडियो लिङ्क

प्रतिक्रिया