अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३६ | Colorodo: 04:51

गायक शिव बिकको ‘तिमि नभए’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७८ वैशाख १ गते ७:२० मा प्रकाशित

काठमाडौँ – लोकप्रिय नृत्य निर्देशक तथा म्युजिक भिडियो निर्देशक शिव बिकको स्वरमा नयाँ नेपाली गीत ‘तिमि नभए’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। नेपाली म्युजिक भिडियोमा एक क्षत्र राज गरेका चर्चित निर्देशक बिकको आवाजमा सजिएको गीत ‘तिमि नभए’ को भिडियो आकर्षक शैलीमा निर्माण गरिएको छ। शब्द सङ्गीत समेत शिव बिकको नै रहेको गीतमा र्यापर अमृत ल्वागुनले र्यापमा साथ दिएको छन् ।

छायाकार अर्जुन तिवारीले छायाङ्कन गरेको भिडियोलाई शिव विकले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोमा शिव बिक, पल शाह, दुर्गेश थापा अस्मिता जुरेली दिपासा बिसी र सरिता दान्कुटिलाइ फिचर्ड गरिएको छ । मिलन विश्वकर्माले सम्पादन गरेको भिडियोलाई उषा लामा, उर्वशी बिक र उसीका विकले निर्माण गरेका हुन् ।

भिडियो

प्रतिक्रिया