अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०३ | Colorodo: 23:18

वसन्त ऋतुमा नेपालका हिमाल आरोहणका लागि अनुमति लिनेको सङ्ख्या ३ सय ४३ पुग्यो

बिआरटीनेपाल २०७७ चैत २५ गते ८:०५ मा प्रकाशित

वसन्त ऋतुमा नेपालका हिमाल आरोहणका लागि बुधवार ४० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि २५ जना र धौलागिरिका लागि १५ जनाले अनुमति लिएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।

योसँगै यस वर्षको वसन्त ऋतुमा नेपालका हिमाल आरोहणका लागि अनुमति लिनेको सङ्ख्या तीन सय ४३ पुगेको छ । अनुमति लिएकामध्ये ४० समूहमा आबद्ध दुई सय ६९ जना पुरुष र ७४ जना महिला रहेका छन् ।

अनुमति लिनेहरूमा सगरमाथाका लागि २० समूहका एक सय ९२ जना, मनास्लुका लागि एक जना, अन्नपूर्णका लागि चार समूहका ४४ जना, धौलागिरिका लागि चार समूहका ३० जना, ल्होत्सेका लागि पाँच समूहका ३९ जना रहेका छन् । त्यस्तै मकालुका लागि एक समूहका आठ जना, नुप्त्सेका लागि तीन समूहका २३ जना, पुमरीका लागि एक समूहका पाँच जना, टुकुचेका लागि एक जनाले अनुमति लिएका छन् ।

आउँदो सिजनमा हुने आरोहणका लागि अनुमति लिनेबाट सरकारले अहिलेसम्म २७ करोड ५२ लाख १० हजार चार सय ९९ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ । कोरोना महामारीका कारण अघिल्लो वर्षको बसन्त ऋतुमा ठप्प भएको आरोहण व्यवसाय यो वर्ष लयमा फर्कन थालेको व्यवसायीहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू