अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०६ | Colorodo: 14:21

खोप लाएकाले मास्क लाउन नपर्ने

बिआरटिनेपाल संवाददाता, न्यु योर्क । २०७७ फागुन २६ गते १७:५३ मा प्रकाशित

द सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले कोरोना भाइरसको खोप लगाएका मानिसले सामूहिक जमघटमा सहभागी बन्न सक्ने प्रवाधनसहितको नयाँ नियम सार्वजनिक गरेको छ ।

सोमबार सार्वजनिक गरिएको उक्त नियम अनुसार कोभिड–१९ को फुल कोर्स खोप लगाएकाहरू सार्वजनिक भेलामा सहभागी हुन पाउने छन् । उनीहरूले सोसियल डिस्ट्यान्सिङ सम्बन्धी नियम पालना गर्नु पर्ने छैन । साथै, उनीहरू कोरोना भाइरसको खोप नलगाएका मानिसको घर जान र भेटघाट गर्न सक्न्छन् ।

यो नियम अनुसार कोरोना भाइरस लागेका मानिससँग सङ्गत भए पनि खोप लगाएका मानिस क्वारेनटाइनमा बस्नुपर्ने छैन । न त उनीहरूले पुनः कोरोना भाइरस लागे नलागेको परीक्षण गर्नुपर्ने छ ।

तर, खोप लगाएका हरेकले मास्क भने लगाउनु पर्ने छ । साथै, सामूहिक जमघट सार्वजनिक प्रकारको भए सोसियल डिस्ट्यान्सिङ सम्बन्धी नियम पालना गर्नु पर्ने छ । ठुलो सार्वजनिक जमघट निरुत्साहित गर्न यस्तो व्यवस्था गरिएको हो ।

अलाबामा, मिसिसिपी, टेक्सस, मोन्टाना र आयोवाले मास्क अनिवार्य गर्ने नियम योजनाबद्ध रूपमा परित्याग गर्दैछन् । राष्ट्रपति जो बाइडेनले यसलाई ठुलो गल्ती भनिसकेका छन् ।

Photo: Google (CDC)