अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४७ | Colorodo: 06:02

ट्रम्पलाई फर्किन दिइनु हुँदैन

बिआरटिनेपाल संवाददाता, न्यु योर्क । २०७७ माघ २६ गते ८:२८ मा प्रकाशित

बहुसङ्ख्यक अमेरिकी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प माथिको महाअभियोग पारित गरिनुपर्ने र उनलाई फेरी सङ्घीय कार्यालयमा फर्किनबाट रोकिनु पर्ने पक्षमा देखिएका छन् ।

एबिसी न्युज र इप्ससनामक संस्थाले हालै गरेको सर्वेक्षणले बहुसङ्ख्यक अमेरिकी सिनेटले ट्रम्प माथि लगाइएको महाभियोग पारित गर्ने विश्वासमा रहेको देखाएको हो । साथै, आइतबार सार्वजनिक उक्त सर्वेक्षणले बहुसङ्ख्यक अमेरिकीले उनलाई फेरी राष्ट्रपतिका रूपमा सङ्घीय कार्यालयमा प्रवेश गर्न रोक लगाइनु पर्ने धारणा राखेको पनि देखाएको छ । ट्रम्पमाथि लगाइएको महाअभियोगको प्रक्रियागत कारबाही यही सातादेखि पुनः अघि बढ्दै छ ।

एबिसी न्युजले सन् २०२० को जनवरीमा पनि यस्तै खालको सर्वेक्षण गरेको थियो । यसपालिको सर्वेक्षणमा ट्रम्पमाथि सर्वसाधारणको धारणा बदलिँदै गएको देखाउँछ । पहिलो महाअभियोगका बेला गत वर्ष गरिएको सर्वेक्षण ४७ प्रतिशत अमेरिकी मात्र ट्रम्पलाई सिनेटले राष्ट्रपतिबाट हटाउन मतदान गर्नुपर्ने धारणा राखेका थिए । त्यति बेला ४९ प्रतिशत अमेरिकी ट्रम्पको पक्षमा देखिएका थिए ।

पछिल्लो सर्वेक्षणमा ५६ प्रतिशत अमेरिकीले ट्रम्पमाथि लगाइएको महाअभियोग पारित गरिनु पर्ने र उनलाई पुनः कार्यालय फर्किनबाट रोकिनु पर्ने धारणा राखेका छन्। । सर्वेक्षण एबिसी न्युजसँगको सहकार्यमा इप्ससको नजेलप्यानलले गरेको हो ।

पछिल्लो पटक एक जना रिपब्लिकन मेम्बरले बोलेको अतिवादी विचार र त्यसले सिर्जना गरेको परिघटनाका कारण जनमतमा फेरबदल भएको हुनसक्ने अमेरिकी मिडियाहरूले जनाएका छन् । जे भए पनि, ट्रम्प हाउसले २ पटक महाअभियोग लगाएको पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् ।

पहिलो महाअभियोग र दोस्रो महाअभियोग बिचको अन्तर भनेको दोस्रो पटक ट्रम्प राष्ट्रपतिका रूपमा कार्यालयमा छैनन् । त्यसको अर्थ उनलाई महाअभियोगमार्फत पदच्युत गर्न सकिँदैन । त्यस कारण कतिपय रिपब्लिकन सिनेटरले यो महाअभियोग असंवैधानिक भनेर औपचारिक प्रतिक्रियासमेत दिएका छन् । तर, डेमोक्रेटहरुले भविष्यका राष्ट्रपतिलाई उनीहरूले गलत काम गरे सजायबाट जोगिन सक्ने छैनन् भन्ने सन्देश दिन यो महाअभियोग महत्त्वपूर्ण हुने तर्क गरेका छन् ।

महाअभियोग पारित गर्न ६७ भोट चाहिन्छ । तर, सिनेटमा डेमोक्रेटको ६७ भोट छैन । महाअभियोग पारित गर्न डेमोक्रेटलाई रिपब्लिकन सिनेटरको १७ भोट चाहिन्छ । त्यो भोट पाए ट्रम्प अर्को कार्यकाल राष्ट्रपतिको उम्मेदवार बन्न पाउँदैनन् ।

सम्बन्धित सामग्रीहरू