अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५९ | Colorodo: 14:14

आँधी तुफान २ निर्माण घोषणा

बिआरटीनेपाल २०७७ फागुन २१ गते ९:२७ मा प्रकाशित

काठमाडौँ । फिल्म ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहीबार काठमाडौँ मल स्थित डाड्युपन्यु रेस्टुरेन्ट आयोजित एक कार्यक्रमका बिच फिल्म निर्माण घोषणा गरिएको हो ।

दशक अगाडि निर्माण भएको फिल्म ‘आधी तुफान’को सिक्वेलको रूपमा फिल्म निर्माण हुन लागेको हो । फिल्मका निर्माता मौनता श्रेष्ठ हुन् । मौनता नेपाली फिल्मका सफल स्क्रिप्ट राइटर हुन् । उनले एक सय बढी फिल्म लेखेका छन् ।

मदन घिमिरेको निर्देशक रहने फिल्ममा आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोईराल, कनिज कोइराला, सञ्जय खतिवडा, पुष्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, पुनम गौतम, सान, अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दिया ठकुरी, रमेश तामाङ र बाल कलाकार अरुण कालीराजलगायतको अभिनय रहनेछ ।

कार्यक्रममा चलचित्र निर्माता सङ्घका महासचिव रोज राणा, वितरक निर्माता गोपाल कायस्थ, निर्माता तथा चलचित्र वितरक सुशील पोखरेललगायतले फिल्म निर्माण सफलताका लागि शुभकामना दिए ।

थ्रिलर र सस्पेन्स विषयमा भरपुर नारी एक्सन समेटिएर फिल्म निर्माण हुन लागेको निर्देशक मदन घिमिरेले बताए ।

अगामी चैत्रको पहिलो साताबाट छायाङ्कनमा निस्कने फिल्ममा रामशरण उप्रेतीको छायाङ्कन, पैृम चुल्ठेको एक्सन, सुरेश अधिकारीको सङ्गीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहनेछ । फिल्मका निर्माण नियन्त्रक नारायण चालिसे रहेका छन् ।

प्रतिक्रिया